घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

 

आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले नियन्त्रणमा लिएको छ ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए ।

उनले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएको जनाइएको छ ।

झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन् ।

उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचारजन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए ।

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिनु भएको थियो ।

लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित भएको : May 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु