सुनकोशीमा गाडी खस्दा दुई बेपत्ता, एक घाइते

 

भुम्लु गाउँपलिका–८ सिलामे भीरमा बोलेरो जिप सुनकोशी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्।

दोलालघाटबाट सापिङ जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो बुधबार दिउँसो करिब ४ बजे उकालोमा ब्याक भएर नदीमा खसेको हो।

दुर्घटनामा भुम्लु गाउँपालिका–१ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय भोला महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए।

बोलेरोमा सवार ३४ वर्षीया सानुमाया गिरी गरिएको छ। उनलाई उपचारका लागि बनेपा शिरमेमोरियल अस्पतालमा ल्याइएको छ।

प्रकाशित भएको : May 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु