दुखद खबर : शान्ति सेनामा खटिएका एक अधिकृतको मृ’त्यु, शव लिन उड्यो श्री एयरलाइन्स

 

श्री एयरलाइन्सको सीआरजे बम्बाडियर जहाज आज बिहान ट्युनिसियाका लागि उडेको छ ।

शान्ति सेनामा खटिएका बेला ट्यूनिसियामा ज्यान गुमाएका एक सैन्य अधिकारीलाई लिएर यो जहाज शुक्रबार काठमाडौं आइपुग्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

शान्ति सेनामा खटिएका सैनिकहरुको मृत शरीर स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले नै समन्वय गरिरहेको छ ।

लकडाउनकै बीचमा यसअघि अर्का सैनिक अधिकृतको शव लिन श्री एयरलाइन्सकै जहाज सुडान गएको थियो ।

श्री एयरलाइन्सले लामो समयदेखि शान्ती मिसनमा नेपाली सैनिकसँग मिलेर काम गरिरहेको छ । उक्त कम्पनीका हेलिकोप्टर शान्ती मिसनमा प्रयोग भइरहेका थिए ।

विमानस्थल कार्यालयका अनुसार ट्यूनिसिया पुग्न यो जहाजले भारत, पाकिस्तान, ओमान, साउदी अरेबीया, इजिप्ट र लिवियाको आकास प्रयोग गर्नेछ ।

प्रकाशित भएको : May 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु