भारतिय मिडियाले प्रयोग गरेका एक-एक शब्दको भारत सरकारले माफी माग्नुपर्दछ ।

 

भारतिय मिडियाले नेपालको सार्वभौम सत्तामाथि झुटो आरोप लगाएका छन ।

भारतिय चर्चित मिडियाहरुको ब्रेकिंग न्युज बनेको नेपालको नक्सामा कुनै टिका टिप्पणि भने आवश्यक छैन किनकि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको रहेको धेरै प्रमाणहरु नेपाल सरकारले प्राप्त गरिसकेको छ ।

भारतिय संचार माध्यममा हल्ला गरे जस्तो नेपालसंग केहि प्रमाण नभएको भने हैन तर भारतिय ठुला ठुला मिडियाहरुले नेपालसंग केहि प्रमाण नरहेको जिकिर गर्दै आएका छन ।

पछिल्लो समय भारतिय टिभि ए बि पि न्युजले बे्रकिंग गर्दै आएका साचारहरु पुर्णरुपमा भ्रामक रहेका छन । यसरी लगातार २४ घण्टासम्म नेपालकै मात्र ब्रेकिंग गरिरहनु के भारत सरकारले मिडियाकै सहयोग लिएको हो त ?

भारतिय एक टिभिमा भनिएको छ नेपालसंग जम्मा ९५ हजार सैनिक रहेका छन तर पनि ति संचारमाध्यमले एक गोर्खालि ले कति सम्म गर्न सक्छ भन्नेबारे अध्ययन नगरेको देखिन्छ ।

यति मात्र हैन नेपाल चिनको गुलाम बन्दै गएको र भारत संग सम्बन्ध टुटाउन चाहेको पनि बताएका छन ।

यसबाट पनि प्रस्ट हुन्छ कि भारतिय मिडियाहरुको औकात के छ भनेर । किनकि नेपाल न कहिल्यै अरुको गुलाम बन्यो न त अब नै बन्ने छ ।

कुनै पनि राष्ट्रको बारेमा बोल्नुअघि त्यस राष्ट्रको बारेमा इतिहाँस अध्ययन गर्नु पर्ने हुन्छ तर भारतिय मिडियाको तरिका भने फरक छ त्यो हो झुटा समाचार संप्रेषण गर्ने र कसैको सार्वभौम अधिकार माथि अफवाह फैलाउने ।

एक स्वतन्त्र राष्ट्र माथि यसरी मिडियाले हमला गर्नु निन्दनिय छ र  भारत सरकारले भारतिय मिडियाको तर्फबाट माफी माग्नुपर्दछ ।

टिभिका केहि दृश्यहरु यस्ता छन ।

प्रकाशित भएको : May 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु