Breaking : भारतिय एसएसबीको दादागिरी नेपालभित्रै प्रवेश गरेर पत्रकारको क्यामेरा खोस्यो, प्रहरीमाथि पनि हात’पात

 

रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दु’र्व्य’वहार गरेकाे छ ।

रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खाेसेका छन् ।

भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दु’र्व्य’वहार गरेका छन् ।

यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दु’र्व्य’वहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएइको छैन ।

दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सुरक्षकर्मीबाट कु’टिए’का छन् ।

‘त्यहाँ हाम्रो सुरक्षकर्मी पनि खटिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कु’टि’एको छ,’ न्युज २४ सँग कुरा गर्दै जाेशीले भन्नुभयाे । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू खटिएकाे पनि जानकारी दिनुभयाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सीमा रक्षाको फलोअपमा छौं । अहिलेको महामारीको संकटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् ।

उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आक्रोशित भएका छन् ।

भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

प्रकाशित भएको : May 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु