नागढुंगामा स्वास्थ्यकर्मीलाई दु’र्व्य’वहार गर्ने व्यक्तिलाई अदालतले मुद्दा चलाउन नमाने पछि छुटे

 

नागढुंगामा स्वास्थ्यकर्मीलाई दु’र्व्य’हार गरेको आरोपमा प’क्रा’उ परेका एक जना व्यक्ति छुटेका छन् ।

आफूलाई स्वयंसेवी बताउने चन्द्रागिरिका उत्तम कार्की छुटेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई छाडिएको बताए ।

उनले भने, ‘अहिले गम्भीर प्रकृतिको अ’प’रा’ध बाहेकमा मुद्दा नचलाउने भन्ने छ, त्यसैले उहाँलाई छाडिएको हो ।’

४ जेठमा नियन्त्रणमा लिएपछि प्रहरीले उनीविरुद्ध अ’भ’द्र व्यवहार सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भनेको थियो । तर, अदालतले मुद्दा चलाउन मानेन ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै कार्कीसहितको समूहले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दु’र्व्य’हा’र गरेको थियो ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए ।

जसको उनीहरुले फेसबुकमा लाइभ भिडियो प्रशारण गरेका थिए ।

भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले स्वयंसेवक भन्ने व्यक्तिको चौतर्फी विरोध गरेका थिए ।

यो समाचार हामिले अनलाईन खबरबाट लिएका हौं ।

प्रकाशित भएको : May 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु