मन्त्री रामकुमारी झाँक्रीको कडा निर्देशन : समयमा निर्माण नसक्ने ठेकेदारलाई कारवाही गर्नु…

 

काठमाडौँ ।

सुदर्शन खबर

सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद् भवनको आइतबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले तोकिएकै समयमा निर्माण सक्न निर्देशन दिएकी छन् । मन्त्री झाँक्रीले निर्माणमा कुनै समस्या रहे मन्त्रालयबाट समाधान गर्न सकिने भन्दै ढिलाई नगर्न निर्देशन दिइन् ।

मन्त्रीको भनाई उद्धृत गर्दै मन्त्रालयका सहसचिव दीलीपशेखर श्रेष्ठले भने, ‘जनशक्ति अभाव भएमा थपेर तोकिएकै समयभित्र निर्माण सम्पन्न हुनु पर्छ ।’ २०७६ असोज १६ मा निर्माण थालिएको भवनको अहिले सम्म भौतिक प्रगति जम्मा ३५ प्रतिशत छ ।

जसको निर्माण २०७९ असोज १६ भित्र सक्नुपर्नेछ । भवन निर्माणको ठेक्का टुन्दी/सेक जेभीले ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको हो । अहिले निर्माणमा साढे ३ सय कामदार परिचालित छन् ।

विशेष भवन निर्माण आयोजना प्रमुख समेत रहेका सहसचिव श्रेष्ठले ७ सय जनशक्ति खटाउनेगरी निर्माण व्यवसायीसँग छलफल भइरहेको बताए ।

‘यसको काम केही कम भएको छ, प्रगति बढाउनेगरी निर्माण व्यवसायीसँग दुई सिफ्टमा काम गर्नेबारे कुरा भइरहेको छ,’ उनले भने, ‘सहमति भए बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने छ ।’ १ सय ५१ रोपनी क्षेत्रफलमा ११ वटा ब्लक बन्नेछन् ।

प्रतिनिधिसभा भवन भुइँतलामा चार सय र बाल्कोनीमा तीन सय गरी सात सय जना अटाउने क्षमताको हुनेछ । राष्ट्रिय सभा भवनमा भुइँ तलामा सय र बाल्कोनीमा दुई सय गरी तीन सय जना अट्नेछन् । सबै पार्टीको संसदीय दल कार्यालय यही बन्ने श्रेष्ठले बताए ।

एमालेलाई पत्तासाफै पार्ने सल्लाह भइरहेको छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् ‘।

नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने सल्लाह भइरहेको अध्यक्ष नेपालले बताए’ ।

उनले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौँ। चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।

आगामी हुने राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धनबाटै साझा उम्मेदवार हुने पनि अध्यक्ष नेपालले बताएका छन् ‘।अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौँ,’ उनले भने ।

यदि कसैले गठबन्धन टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने पनि अध्यक्ष नेपालले बताएका छन्। ‘उनका अनुसार अर्घाखाँचीमा उपचुनाव नभई एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको छ ‘।

यसैगरी अर्घाखाँचीमा एमालेलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन सहमति जुटिसेकेको पनि उनले खुलासा गरेका छन् ।’

संविधान कुल्चिएर दक्षिणपन्थी बाटोतिर अग्रसर एमाले अध्यक्ष केपी शर्मा ओलीको एमालेको भविष्य नरहेको पनि अध्यक्ष नेपालले बताए । साथै, एमालेको सूर्यमा ग्रहण लागिसकेको भन्दै त्यसले काम नगर्ने पनि अध्यक्ष नेपालले ठाकुवा गरे ।

प्रकाशित भएको : December 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु