एमसिसि पास गर्नेहरुलाई ख’रा’नी बनाई दिने माओवादीको चेतावनी!!

 

काठमाण्डौ

सुदर्शन खबर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले राष्ट्रघाती (MCC) सम्झौता झुक्याएर पास गर्न खोजे ख’रा’नी बनाउने चेतावनी दियको छ।

पार्टी प्रबक्ता कमरेड नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिनुभएको छ।साथै उहाँले नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना लगाएत देशका सबै राष्ट्रवादीहरु लाई एक ढिक्का भई राष्ट्रघाती (MCC)को विरुद्ध संघर्षमा उत्रन आह्वन गर्नु भयको छ।

हेर्नुहोस विज्ञप्ति

प्रेस विज्ञप्ति.

असमान राष्ट्रघाती सन्धि सम्झौता र (MCC)खारेज गरौ। दलाल भ्रष्टाचार महङ्गी कालोबजारी तस्करी अन्याय अत्याचारका बिरुद्ध संघर्षमा सहभागी बनौं ।सम्पुर्ण राष्ट्रवादी शक्तिहरु एक हौं ।

हाम्रो महान तथा गौरबसाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) सधै देश र जनताको पक्षमा संघर्षरत छ।सन्दर्भ: २०७८ मंसिर १६ गते शेरे नेतृत्वको गठवन्धन सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मंसिर २८ गते संसदको अधिवेशन वोलाइएको छ।

अमेरिकी उपविदेशमन्त्रीद्वारा एम सी सी. पारित गर्नका लागि तोकिएको समयसीमाभित्र बोलाइएको अधिवेशन त्यसै प्रयोजनका लागि हो भन्ने स्पष्ट छ । यदि यो एम सी सी. सम्झौता पारित भयो भने नेपालले आफ्नो स्वाधीनता गुमाउनुपर्ने र हाम्रो देश विदेशी शक्तिहरुको क्रिडास्थल वन्ने कुरामा कुनै संङ्का नै छ।

यस प्रकारको स्थिति सिर्जना हुन नदिनका लागि हार्मीले राष्ट्रघाती एम. सी सी. सम्झौता खारेजीका लागि सङ्घर्प गर्दै आएका छौं। मिलेनियम च्यालेन्ज करपोरिसन” (एमसिसि) र नेपालका दलाल शेरबहादुर प्रचण्ड ओलि कम्पनी बिच गरिएको राष्ट्रघाती सन्धि सम्झौता भारतिय बिस्तारवादी साशकहरुको हैकमवादी प्रवृत्ति साथै नेपाल माथि हेर्ने दृष्टिकोण पहिले देखि नै नियोजित छ।

नेपालका दलाल नेताहरुसँग साठगाठ गरेर नेपाली जनतालाई हेप्दै हाम्रो राष्ट्रियता माथि पटकपटक धावा बोलिरहेका छन। नेपाली भुमि लिपुलेख लिप्याधुरा कालापानी माथि प्रभुत्व जमाउदै भारतीय साशकले प्रहार गरिरहेको छ। अमेरिकी साम्राज्यवाद भारतीय बिस्तारवाद र नेपालका दलाल नेता बिरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)को गम्भीर ध्यानाकर्षण भएको छ।

नेपालमा आफ्नो प्रभुत्व जमाउने अमिरिकी साम्राज्यवादले खेलेको रणनीतिमा नेपालका दलालहरु चनाखोरुपले आफ्नो सत्ता टिकाउन सरणमा परी नेपाली जनतालाई भ्रममा पारी देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र गरिरहेका छन। यो राष्ट्रघाती सन्धिले मुलुक झन जटिल समस्यामा फस्ने हुनाले यस्ता किसिमका सम्झौता शेरे सरकार होस् या ओलि सरकार होस् सत्तासीन दलहरूले गर्दै आएका छन।

पछिल्लोपटक सबैको गिद्देदृष्टी नेपाल तर्फ मोडिएको अबस्थामा बिश्व साम्राज्यवाद आफ्नो अस्थित्वको बिकासका लागि नेपालको भुमि प्रयोग गर्न जस्तोसुकै मुल्य दिन पनी तयार भएको स्पष्ट देखिन्छ।

आफुले सत्ता टिकाउन बनाएको ऐन कानुन नै परिमार्जित गराउन सक्ने सम्झौतामा सहमत हुनु सत्तासीन दलालहरु लाई नौलो बिषय होइन देश नरहे पनि उनिहरु लाई फरक पर्देिन न त उनिहरुको देश छ न त भेस केबल आफू बाच्न सम्म अकुत सम्पत्ति कसरी कमाउने मात्र भन्ने उनिहरुको स्वार्थ छ। राष्ट्रियता जनताको जनजिबीका भ्रष्टाचार कालोबजारी दिनानुदिन बलात्कारका घटना चर्कों महङ्गी भु-माफियाहरुको बिगबिगी नेपालका दलाल नेताहरुले बैधानिक रुपमा गरेको मानव बेचबिखनलाई सरकारले ढाकछोप गरेको छ।

भने राष्ट्रियता नेपाली जनताको न्यायको आवाज बुलन्द गर्ने क्रान्तिकारी शक्तिहरु लाई जेलनेल लगाउने दलाल सरकारले जबर्जस्त रुपमा युद्ध तर्फ देशलाई धकेली रहेको छ। यसर्थ नेपाली माटोलाई माया गर्ने राष्ट्रभक्त बुद्धिजीवी मानवअधिकारवादी संघसंस्था राष्ट्र राष्ट्रियताको निम्ति बलिदान दिने राजनीतिक पार्टी पत्रकार सशस्त्र प्रहरी नेपाल प्रहरी नेपाली सेना कलाकार किसान मजदुर नागरिक समाजका अगुवा राष्ट्रवादी पार्टी तथा व्यक्तित्व सबै सबैले यस्ता किसिमका राष्ट्रघात्ती सम्झौताको बिरुद्धमा सशक्त रुपमा मोर्चा बन्दी सहित संघर्षमा उत्रन हाम्रो पार्टी अपिल गर्दछ। साथै दलाल शेरे कम्पनीले यो सम्झौता खारेज नगरे शेरे सरकार खरानी बनाउने चेतावनी दिन चाहान्छौ।

मिति २०७८/मंसिर १९

कमरेड नेपाल

प्रवक्ता,नेकपा ( एकिकृत माओबादि )

प्रकाशित भएको : December 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु