राहतका विषयमा दुई पार्टीबीच झ’ड’प, एमालेबाट निर्वाचित उपमेयरका छोराले गो’ली चलाए

 

सिरहाको नरहा गाउँपालिकामा गोली चलेको छ । नरहा गाउँपालिका वडा नम्बर –१ देविपुरमा राहत विषयमा भएको झ’ड’पमा गो’ली चलेको हो ।

नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गो’ली लागेर एकजना घाइते भएका छन् ।

गो’ली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । उनको दाहिने कञ्चटमा गो’ली लागेको बताइएको छ । उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मण्डललाई लगत्तै जिल्ला अस्पताल सिरहा लगिएकोमा त्यहाँबाट विराटनगर रिफर गरिएको छ ।

उनीसँगै झ’ड’पमा गम्भीर घाइते भएका थप दुई जना गरि तीन जनालाई विराटनगर रिफर गरिएको हो ।

झडपमा परी अन्य २० जना घाइते भएको बताइएको छ । नेपाली कांग्रेस तर्फका १२ जना तथा नेकपा तर्फका ७ जना घाइते भएका हुन् ।

उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए ।

राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भएको हो । सोही क्रममा उपमेयरका छोरा अरविन्दले गो’ली चलाएका हुन् ।

उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन् । यता, प्रहरीले भने दुई पक्षीय झडपमा केहि व्यक्ति घाइते भएपनि गो’ली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ ।

‘गो’लीको हल्ला छ, तर पुष्टि भएको छैन,’ जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सूचना अधिकारी विनोद घिमिरेले भने । घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए।

अन्तिम पटक अपडेट गरिएको : May 24th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु