उपत्यकामा बढ्दो जोखिम अस्पतालमा उपचाररत बिरामीमा नै कोरोना संक्रमण पुष्टी

 

काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।

शनिबार स्वास्थ्य मन्त्रालयद्धारा जानकारी गराईएका ३२ जना कोभिड संक्रमित मध्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको पाईएको छ ।

पछिल्लो समय कोरना संक्रमीतहरु क्वारेन्टाईनमा बसेकाहरु भन्दा पनि बाहिरका देखिन थालेका छन् । त्यसै माथि पनि कुनै जटिल किसिमको उपचार गराउन अस्पताल पुगेकाहरु नै कोरना संक्रमित पाईएको हो ।

हिजो साँझ मात्र हेटौडाकी संक्रमित भनिएकी महिला मनमोहन कार्डियोभास्कुलरमा उपचार भईरहेको पाईएको थियो ।

संक्रमित महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको छ ।

शनिबार बिहान कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सा्रेतका अनुसार उनलाई टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको कोरोना संक्रमणको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएका जानकारी दिएको थियो ।

यस बारे ग्रान्डी अस्पताल प्रशाशन भने मौन छ ।

Source: Helthpati

अन्तिम पटक अपडेट गरिएको : May 24th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु