मध्यरातमा पूर्वयुवराज पारस चढेको गाडी दु’र्घटना, गाडीको ठक्करले बाच्छो मर्‍यो

 

पूर्वयुवराज पारस शाहलाई शुक्रबार मध्यरातमा छा’ती दुख्यो। उनले आफ्ना सहयोगीलाई ‘चेष्ट पेन’ भएको बताए।

शाहका सहयोगीले उनलाई अस्पताल लैजान कोठाबाट निकाले। शाह लेकसाइडको खपौंदीस्थित अपार्टमेन्टमा बस्छन्।

शाहलाई कोठाबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा गाडी दु’र्घ’ट’नामा पर्‍यो।

शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा बाच्छालाई ठ’क्क’र दिएको हो। गाडीको ठक्करले बाच्छा घटनास्थलमै मरेको छ।

गाडी दु’र्घट’ना भएपछि प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए।

चालक गुरुङ पारसका सहयोगी भएको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित ३ जना थिए।

जसमध्ये एक जना स्वास्थ्यकर्मी नै भएको एसपी कार्कीले बताए। दु’र्घ’ट’नापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर उनलाई अस्पताल लगेका थिए।

अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै फिर्ता पठाइदिएको थियो।

पूर्वयुवराज पारस झण्डै ९ महिनादेखि पोखरामा बस्दै आएका छन्। उनले लकसाइडको खपौंदी क्षेत्रमा २ पटक गरी झण्डै डेढ सय जनालाई राहत वितरण गरेका थिए।

प्रकाशित भएको : May 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु