रहिनन् सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश !

 

काठमाडौं । सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षका उमेरमा निधन भएको छ ।

ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकम उहाँको शुक्रबार निधन भएको हो ।

भतिजा प्रदीपलाल श्रेष्ठका अनुसार उहाँको ब्रेन ह्मरेजको शल्यक्रिया एक हप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो ।

सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सम्म उहाँले न्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।

उहाँका भतिजाका अनुसार आज उहाँको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

उहाँका दुई छोरा मलखलाल र सितुलाल श्रेष्ठ हुनुहुन्छ ।

जेठा छोरा मलखलाल जर्मनीमा रहेको र एक दिन पर्खिए पनि आउन सम्भव नभएकाले अन्तिम संस्कार गर्न ढिला भएको हो ।

यो समाचार हामिले जनबोली बाट साभार गरेका हौं ।

प्रकाशित भएको : May 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु