सवारी दुर्घटनामा परी ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृ’त्यु

 

मेची राजमार्ग हुँदै इलामदेखि पाँचथरतर्फ आइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृ’त्यु भएको छ ।

राँके बजार नजिकै मे १ ख १८६३ नम्बरको ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा प्रहरी चौकी राँकेका प्रहरी हवल्दार नबिन बस्नेतको मृ’त्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

झापा अर्जुधारा घर भएका ३७ वर्षीय बस्नेत मे ११ प ४६६ नम्बरको मोटरसाइकल लिएर ड्युटीमा खटिएका थिए ।

दुर्घटनामा परी बेहोस बनेका बस्नेतलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याएपछि अस्पतालले मृ’त घोषणा गरेको न्यौपानेको भनाइ छ ।

ट्रकचालक कमलप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित भएको : May 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु