अन्तत पछि हट्यो भारतिय मिडिया , यसो भन्न थाले

 

काठमाडौं। भारतीय मिडिया नेपालले भारतबाट अतिक्रमण गरिएको भूमि सहितको नक्सा जारी गरेपछि दुईदेशबीच उत्पन्न विवाद समाधान गर्न वार्ता तत्काल गर्नुपर्ने भारतीय सञ्चारमाध्यमले निष्कर्ष निकालेका छन् ।

दुई देशबीच सदियौंदेखि चल्दै आएको सम्बन्धमा उत्पन्न भएको दरार हटाउन पनि दुई देशले सीमा विवादका लागि तत्काल वार्ता गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

भारतीय टेलिभिजनले नेपाललाई चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको आरोप लगाइरहँदा भारतीय चर्चित पत्रिकाले भने सम्पादकीय नै लेखेर अघि बढ्न सुझाएका छन् ।

भारतीय पत्रिका दी हिन्दूले ’नेपाल–भारत सम्बन्धमा चिसिएको छिमेक’ शीर्षकमा प्रकाशित गरेको सम्पादकीयमार्फत भारतले नेपालसँग छलफल गर्न ढिला गर्न नहुने उल्लेख गरिएको छ ।

सम्पादकीयमा सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाद्वारा गठित परराष्ट्रसचिवस्तरीय संयन्त्रले वार्ता अघि बढाउन नसक्नु र वार्ताका लागि मिति तय गर्न नसक्नु दूर्भाग्य भएको उल्लेख गरेको छ । त्यसैले छिटो भन्दा छिटो वार्ता गर्नुपर्ने जनाएको छ ।

त्यसैगरी भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीसँग नजिक रहेको मानिएको इण्डियन एक्सप्रेसले पनि सम्पादकीयमा ’म्याप अफ वार’ (नक्साको युद्ध) ले नेपाल भारत सम्बन्ध बिग्रिने संकेत गरेको जनाइएको छ ।

उसले नेपालसंगको सम्बन्ध नविर्गान बुद्धिमानी हुने तर्क समेत अघि सारेको छ । तर, वार्ताको पहलका लागि नेपालले यसअघि नै भारतलाई आग्रह गरेपनि महामारीको कारण देखाउँदै भारत वार्ताबाट पन्छिँदै आएको छ ।

त्यसैगरि पूर्वमन्त्रीसमेत रहेका भारतीय राष्ट्रिय कांग्रेसका नेता के। नटवर सिंहले नेपाल–भारत सीमा विवाद चाँडै सुल्झाउनुपर्ने बताएका छन् ।

करिब ३१ वर्ष भारतीय विदेश सेवामा काम गरेका के नटवर सिंहले सन्डे गार्जियनमा एक लेख लेख्दै यस्तो बताएका हुन् ।

उनले भारतको एकदमै नजिकको र ठूलो भूपरिवेष्ठित छिमेकी नेपाललाई कोरोना भाइरसको महामारीपछि यस विषयमा कुटनीतिक संयन्त्रमार्फत छलफल गर्न चाहेको कुरामा भारतले आश्वस्त पार्नुपर्ने बताएका छन ।

उनले सन् २०१५ मा नेपालले संविधान जारी गर्दा तत्कालीन विदेश सचिव एस जयशंकरलाई नेपाल पठाएर नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेकोसमेत बताएका छन् ।

प्रकाशित भएको : May 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु