अमेरीकाले गर्यो यस्तो निर्णय , के अब सुरक्षित होला त अमेरीका ?

 

काठमाडौं । १४ दिनदेखि ब्राजिलमा रहेका गैरअमेरिकी नागरिकहरुलाई ट्रम्प प्रशासनले अमेरिका फर्किन रोक लगाएको छ ।

यो निर्णय २८ मेदेखि लागु हुनेछ । ट्रम्प प्रशासनको यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकहरुमा भने लागु हुने छैन ।

ह्वाइट हाउसका प्रवक्ताले यो निर्णय गर्नुको उद्देश्य अमेरिकामा बाहिरबाट कोही पनि संक्रमित नआउन् भन्ने रहेको स्पष्ट पारेका छन् ।

यसअघि अमेरिकाले चीन, इरान, युरोपको शेंगन क्षेत्र, ब्रिटेन र आयरल्याण्डमा यात्रामा रहेका गैरअमेरिकी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

क्यानडा र अमेरिकाबीच पहिल्यैदेखि अत्यावश्यक बाहेकको यात्रामा प्रतिबन्ध लगाइएको छ ।

ब्राजिलबाट गैरअमेरिकी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णयले दुई देशबीचको कारोबार भने प्रभावित नहुने बताइएको छ ।

ब्राजिल कोरोना संक्रमणको हटस्पट बनेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३ लाख ६३ हजारभन्दा बढी छ भने २२ हजार ६ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै अमेरिकामा ९७ हजार ७ सय ११ जनाको कोरोनाबाट मृत्यु भएको छ भने १६ लाख ४३ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित भएको : May 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु