‘रानी’ पुस्तक विमोचन

 

पोखरा,साहित्यमा नयाँ पुस्ताको आगमन भन्दै सुमनराज पौडेलको रानी (एउटा छुट्टै कथा) नामक पुस्तक बिमोचन गरिएको छ । माँ लक्ष्मी प्रकाशनले भर्खरै बजारमा ल्याएको पुस्तक पछिल्लो समय तन्नेरीहरुको विद्यालयका पल,कलेज रोमान्स ,प्रेम र विछोडको अविस्मरणीय प्रेम कहानीले बुनिएको रानी यो विन्टर को जाडोमा पढ्न लायक छ ।
उक्त पुस्तक डा. अशोक थापाको अध्यक्षतामा गरिएको हो ।उक्त कार्यक्रममा पुस्तकमाथि लेखक तथा विश्लेषक बिपिन आचर्य ले ” समर लभको स्वाद चाखेका पाठकहरुलाई करिब उस्तै लाग्न पनि सक्छ ” बताउनु भयो ।सँगै पोखरा टेलिभिजनका प्रबन्धक निर्देशक माधव पनेरु ,नयाँ पत्रिका गण्डकी प्रमुख दिपक पौडेल, बर्दिया पोखरा संपर्क समाजका अध्यक्ष प्रदीप पौडेलले पुस्तक माथि आफ्नो भनाई राख्नु भयो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अथिती थापाले नयाँ पुस्तालाई साहित्यमा ल्याउन का लागि पाठ्यक्रम को विकास गर्नु पर्ने बताउनु भयो ।

प्रकाशित भएको : December 26th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु