
नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराका ती वृद्धमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
मृतक वृद्धको अन्त्यष्टि गरिसकिएको छ । रिपोर्ट नआउँदै अस्पतालले ती वृद्धको शव परिवारलाई बुझाएको थियो ।
यो पनि पढ्नुहोस्
काेराेनाकाे आशंका गरिएका पुरूषकाे भरतपुर अस्पतालको आइसाेलेसनमा मृ’त्यु
भरतपुर अस्पतालको आइसाेलेसन कक्षमा शंकास्पद एक पुरुषकाे ज्यान गएकाे छ ।
रामग्राम- ७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ ।
श्राेतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेकाे बुझिन्छ ।
राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसाेलेसन कक्षमा राखेर उपचार गराइएकाे थियाे । निमाेनियाबाट ग्रसित पुरुषमा काेराेनाकाे आशंका गरिएकाे छ ।
२ दिन पहिले खाना खाएपछि बान्ता भएकाे र लगत्तै सास फेर्न गार्हाे भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए ।
उनकाे लुम्बिनीमा स्वाब परिक्षण हुँदै छ । यता भरतपुर अस्पतालले पनि मृतक पुरूषकाे स्वाब परिक्षणका लागि पठाउने तयारी गरेकाे छ ।
प्रतिकृया दिनुहोस्