कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विश्वकै गहिरो सुन खानी बन्द

 

एजेन्सी | दक्षिण अफ्रिकाको सुन खानीमा कार्यारत १ सय ६४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विश्वकै गहिरो सुन खानी पोनेन्ग सुन खानीको काम बन्द भएको छ ।

एक महिना बन्द भएको यो सुन खानीमा पुनः काम सुरु भएको एक महिना भएको थियो । कोरोना संक्रमण रोक्न मार्चमा एक महिना लकडाउन गरिएको थियो ।

उक्त समय सुन खानी बन्द गरिएको थियो । पोनेन्ग सुन खानीका एग्लोगाल्डले सुन खानीमा कार्यरत सबैलाई आइसोलेसनमा राखिएको छ ।

गत हप्ता कोरोना संक्रमण पहिलोपटक देखिए पछि ६ सय ५० कर्मचारीमा परीक्षण गरिएको थियो ।

दक्षिण अफ्रिकामा अहिले जसमा कोरोना संक्रमण देखिएको छ, उनीहरुमा कोरोनाको लक्षण नदेखिएको बीबीसीले जनाएको छ ।

प्रकाशित भएको : May 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु