बाहिनी अड्डामा कार्यरत सैनिक हवल्दारको शंकास्पद मृ’त्यु , परिवारद्वारा छानबिनको माग

 

नेपाली सेनाको हिले बाहिनीमा कार्यरत हवल्दार परशुराम भट्टराईको सोमबार विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।

यही जेठ ५ गते भएको घटनामा परिवारलाई जानकारी नदिई उनलाइ उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा ल्याइएको थियो । भट्टराईको टाँउकोमाा गहिरो चोट देखिएकाे छ ।

Photo From News 24 Nepal Official Website

सेनाले आफै एम्बुलेन्सबाट उनलाई विराटनगर ल्याएको बताइएको छ । तर परिवारजनले भने भट्टराईको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

परिवारका सदस्यलाई घटना भएको ४८ घण्टापछि मात्र जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाएका छन् ।

घटनाको विषयमा हिले ब्यारेकका एक क्याप्टेनले शव नबुझे सेनाबाट प्रप्त हुने सम्पूर्ण सुविधाहरू रोक्का हुने भन्दै धम्क्याएकाे मृतककी दिदी लक्ष्मी सुवेदीले जानकारी दिइन् ।

‘घटना शंकास्पद छ, हिले ब्यारेकले यसको सत्यतथ्य जानकारी नदिएसम्म हामी शव बुझदैनौँ,’ उनले भनिन्, ‘यसमा पत्रकार र मानवअधिकारकर्मीले पनि छानबिनकाे पहल गरिदिनु पर्याे ।’

यता, सेनाले भने भट्टराई सिँढीबाट खसेर मृत्यु भएको दाबी गरेको छ । गहिराे चाेट लागेपछि उनको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ।

प्रकाशित भएको : May 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु