भारतबाट आएका स्याङजा जिल्लाका दुई जनामा कोरोना पोजेटिभ

 

स्याङजामा भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हस्पीटलको अफिसियल पेजमा भनिएको छ

“भारतबाट आएका स्याङजा जिल्लाका दुई कोरोना संक्रमित (PCR Positive) लाई स्याङजा जिल्ला अस्पताल को कोरोना आइसोलेशन मा राख्ने तयारी हुँदैछ।

यो संक्रमण स्याङजामा पहिलो पटक भएको हो ।

 

यो पनि पढ्नुहोस

भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सईको मृ’त्यु

भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृ’त्यु भएको छ ।

सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृ’त्यु भएको हो ।

नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दाङको रामपुर घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।

प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।

चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दु’र्घ’ट’ना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : May 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु