रूखले थिचेर महिला र बालकको मृ’त्यु

 

काठमाडौं । आज साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृ’त्यु भएको र दुईजना घाइते भएको पुष्टि गर्नुभएको छ ।

उहाँका अनुसार मृ’त्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहनुभएको छ ।

मृ’त’क प्रजाको घटनास्थलमै मृ’त्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

त्यसैगरी हावाहुरीकै कारण सरिखेतका दुईजना घा’इ’ते भएको उहाँले बताउनुभयो ।

प्रकाशित भएको : May 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु