थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

 

काठमाडौं । कोरोना निको हुनेको संख्या १७६ पुगेको छ। मंगलबार थप २१ जना निको भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको हो ।

नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए ।

उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ ।

हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएकोमा यो संख्यामा निको भएका हुन् ।

प्रकाशित भएको : May 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु