ईलामसँग जोडिएका सबै भारतिय नाका बन्द

 

इलाम — कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा भारतले इलामसँग जोडिएका सबै नाका बन्द गरेको छ । पशुतपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, अन्तुलगायत नाका भारतले शनिबार बिहानैदेखि बन्द गरेको हो ।

भारतीय पक्षबाट नाका बन्द गरिएपछि आउजाउसहित सामान ल्याउने लैजाने काम पनि बन्द भएको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

इलामका नागरिकले अब विकल्पको रुपमा काँकडभिट्टा या जोगबनी नाका प्रयोग गर्नु पर्नेछ । शनिबारका लागि मात्र भन्दै स्थानीयवासीलाई भने सामान्य रुपमा ओहोरदाहोर गर्न दिइएको छ ।

कोरोना फैलन नदिन भन्दै सूर्योदय नगरपालिकाले गत फागुन २२ देखि पशुपतिनगरमा साहयता तथा परामर्श केन्द्र राखेको थियो । शुत्रलबार साँझसम्म केन्द्रमा साडे ७ हजारको परिक्षण गरिएको थियो । केन्द्रका अनुसार दैनिकरुपमा आउजाउ गर्नेको संख्यामा कमी आइरहेको थियो ।

सबै नाका बन्द हुँदा जिल्लाका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ल्याउन र सागसब्जीसहित नगदेबाली बिक्रीमा प्रत्यक्ष असर पर्नेछ । साथै यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचार र दार्जिलिङ क्षेत्रका विद्यालयमा पढाइका लागि जान पनि समस्या हुनेछ ।

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु