
मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा ज्यान गुमाएका वडाध्यक्ष कल्लु रानाको कोरोना भाइरससम्बन्धी परीक्षण नेगेटिभ आएको छ ।
मृतक अध्यक्ष रानाको बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो ।
अस्पताका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार उनको रिपोर्ट नेगेटिभ आएको हो ।
उनको ह्रदयघात बाट मृत्यु भएको हुन सक्ने कञ्चनपुर प्रहरी प्रवक्ता रबीन्द्रनाथ पौडेलले बताउनु भयो ।
कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रानाको गएराति अचानक ज्यान गएको हो ।
भारतबाट आएका वडाबासीको स्थानीय राष्ट्रिय मावि क्वारेन्टाइनमा व्यवस्थापन गर्न खटिएका वडाध्यक्ष रानाको एक्कासि ज्यान गएको थियो ।
क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्ष राना फिल्डमा खटिएको अवस्थामा नै एक्कासि बेहोश भएका थिए ।
प्रतिकृया दिनुहोस्