सप्तरीमा क्वारेन्टिनमा खटिएका प्रहरीलाई कोरोना संक्रमण

 

सप्तरीमा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

बोदे बर्साइन नगरपालिकास्थित चन्द्र माविको क्वारेन्टिनमा खटिएका उनमा कोरोना संक्रमण देखिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

योसँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ भने प्रदेश २ भरि १३ जना पुगेको छ ।

सबैभन्दा बढी बारामा ७ जना प्रहरी संक्रमित देखिएका छन् ।

सप्तरी, सिरहा र धनुषामा २/२ जना प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रकाशित भएको : May 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु