
काठमाडौ । चीनले विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई घटाएको छ । नेपालको भन्दा झण्डै ४ मिटर कम देखाएको छ । अहिले नेपालसहित विश्वभर ८ हजार ८४८ मीटर सगरमाथाको उचाई भनिएको छ ।
तर चिनियाँ अधिकारीहरुले हालै गरेको अनुसन्धानपछि यस्को उचाई ८ हजार ८४४ बताएको छ । वास्तवमा केही समय पहिले एकदमै विवादमा रहेको विश्वको सर्वोच्व शिखरमा एक चिनियाँ सर्वेक्षण टोली पुगेको छ ।
चीनको एक सरकारी सञ्चारमाध्यले सगरमाथा चीनमा पर्छ भनेपछि विवाद भएको थियो । तर पछि गल्ती सुधार गरेर नेपाल र चीनको बीचमा पर्छ भनेको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ ।
तर केही भाग चीततर्फ पनि पर्दछ । बुधवार उनीहरु सगरमाथा अर्थात चिनियाँ भाषामा माउन्ट चोमोलाङ्मा र अंग्रेजी भाषामा माउन्ट एभरेष्टको शिखरमा पुगेका हुन् । उनीहरुले संसारको सबैभन्दा अग्लो शिखरको उचाइ पुनः नापेको बताएका छन् ।
यसलाई हिमाली सर्वेक्षणमा एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसले प्रकृतिप्रति मानवीय ज्ञान बढाउने र वैज्ञानिक विकासलाई बढावा दिने विश्वास पनि राखिएको छ ।
८ सदस्य टोली बुधबार बिहान ११ बजे सगरमाथाको शिखरमा पुगेका हो । त्यहाँ उनीहरुले एक सर्वेक्षण मार्कर जिएनएसएस (ग्लोभल नेभिगेसन स्याटलाइट सिस्टम) स्थापना गरे भने अन्य ६ सर्वेक्षणकर्ताहरूले शिखरको तल्लो भागबाट अवलोकन गरेका थिए ।
सर्वेक्षणको टोली मे ६ गते शिखरतर्फ प्रस्थान गरेको थियो । तर मौसम खराबीका कारण उनीहरु योजनामा दुई पटक समस्या भएको थियो । यो चिनियाँ आरोहीहरूको लागि नयाँ रेकर्ड पनि हो ।
सगरमाथाको चुचुरोमा चिनियाँ टोलीमात्र पुगेको यो पहिलोपटक हो । यसक्रममा उनीहरुले हिउँको गहिराई पनि मापनसँगै जिएनएसएस, गुरुत्वाकर्षण र मौसम सर्वेक्षण पनि गरेका छन् ।
उनीहरुले २७ दिन लगाएर सगरमाथाको उचाई नापेका हुन् । उनीहरु तिब्बत हुँदै सगरमाथामा पुगेका थिए । चीनले नेपालले मापन गरेको उचाई गलत्त भएको बताउँदै आएको छ ।
चीनका अनुसार सन् १९७५ र २००५ मा गरेको मापनमा सगरमाथाको उचाई क्रमशः ८,८४८.१३ मीटर, ८,८४४.४३ मीटर रहेको छ । यस्को जवाफमा नेपालले के गर्छ त्यो भने हेर्क बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस्