लकडाउनमा बन्द उत्पादनमुलक उद्योगलाई विद्युत महशुल छुट

 

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाइने सरकारले घोषणा गरेको छ ।

वाणिज्य बैंकका हरेक शाखाले कम्तिमा १० र विकास बैंककाले ५ जनालाई सहुलियत ब्याजको ऋण दिनुपर्ने

वाणिज्य बैंक तथा विकास बैंकका प्रत्येक शाखाले सहुलियत ब्याज दिनुपर्ने व्यवस्था गरिने भएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई र विकास बैंकको शाखाले कम्तीमा ५ जनालाई यस्तो सहुलियत ब्याजको ऋण दिनुपर्ने व्यवस्था गरिने घोषणा गरे।

राष्ट्र बैंकमार्फत् यस्तो व्यवस्था मिलाइने उनले बताए।

प्रकाशित भएको : May 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु