नवराज र गणेशकाे अ’न्त्यष्टि: बाँचुन्जेल साथमा साथ, मरेपछि एकै घाट

 

भनिन्छ- ‘गाँस छुटोस् तर साथ नछुटोस्’। मित्रताको प्र’गाढ सम्बन्धलाई अभिव्यक्त गर्ने यी शब्द प्रायः कमैको जीवनमा मेल खान्छन्। जीवनका विभिन्न परिस्थितिमा भेटिने र छुटिने साथीभाइको गन्ती हुँदैन।

‘साथीका लागि एकअर्काले जस्तोसुकै काँ’ध थाप्न तयार हुन्थे, घ’टना पनि त्यस्तै भयो।’

तर जाजरकोट भेरी नगरपालिका–४ नवराज विक र कुशे गाउँपालिका–२ का गणेश बुढामगरको मित्रता भने बाँचुन्जेल मात्रै होइन, म’रेपछि पनि सँगसँगै भयो। गणेश बाआमासँगै सदरमुकाममै बस्दै आएका थिए। ‘छिमेकी भएपछि नवराज र गणेशको सम्बन्ध जिउँदाको जन्ती र म’र्दाको म’लामी मात्रै सीमित थिएन ।’

नवराजका शिक्षक जनक केसीले भने, ‘साथीका लागि एकअर्काले जस्तोसुकै काँ’ध थाप्न तयार हुन्थे, घ’टना पनि त्यस्तै भयो।’ फुटबल खेलाडीसमेत रहेका उनीहरु प्रायः छुट्दैनथे। युवा जोश र ऊ’जाशील उमेरमा हाँस्दै खेल्दै रमाएका नवराज र गणेशलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा ह’त्या भयो।

नवराजकी प्रेमिकालाई बेहुलीका रुपमा भि’त्र्याउने सपना बोकेर सोती पुगेका उनीहरु कहिलै नफर्कने गरी बि’दा भएका छन्। सोही घ’टनामा मृ’त्युको सि’कार बनेका भेरी नगरपालिका ४ सञ्जु (सन्दीप) विक, वडा नं. ११ का लोकेन्द्र सुनार र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको घा’ट एउटै हो।

तर नवराज र गणेशको पा’र्थिव शरिरलाई बिहीबार भेरी नगरपालिका–१ को काले घा’टमा हिन्दु परम्पराअनुसार अ’न्त्येष्टि गरिएको हो। श’व दु’र्गन्धित हुन थालेपछि पो’स्टमार्टम रि’पोर्ट नआउँदै अ’न्त्यष्टि गरिएको हो।

टीकारामको भने बुधबार अ’न्त्येष्टि गरिएको छ। सञ्जु र लोकेन्द्रको श’व पो’स्टमार्टम गरेपछि अ’न्त्येष्टिका लागि आज परिवारलाई बुझाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए।

घ’टनामा ५ जना भेरी नदीमा मृ’त भेटिएका थिए भने १७ वर्षीय गोविन्द शाही भने अझै बे’पत्ता छन्। घ’टनामा सं’लग्न रहेको भन्दै मृ’तकका नवराज, गणेश र टीकारामका बुवाले चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया प्रेमिका, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनावि’रुद्ध कि’टानी ज’होरी दिएका छन्।

अन्तिम पटक अपडेट गरिएको : May 30th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु