चीनको संसदद्वारा हङकङको नयाँ सुरक्षा कानून पारित, चीनविरुद्धको कामकारवाही अपराध मानिने

 

चीनको संसदले हङकङको नयाँ सुरक्षा कानुन पारित गरेको छ । चिनियाँ संसदबाट पारित नयाँ कानून अनुसार अब चीनको केन्द्रीय सरकारविरुद्ध गरिने काम कारवाहीलाई अपराध मानिने छ ।

संसदबाट पारित विधेयक चिनियाँ पार्टीको वरिष्ठ नेतृत्वसमक्ष पेश गरिने छ । यस कानून लागू भएसँगै हङकङले पाएको विशेष स्वायत्तताको अधिकार समाप्त हुने बताइएको छ ।

हङकङ प्रजातन्त्र र नागरिक अधिकार प्रयोगमा मिलिरहेको अर्धस्वतन्त्रता पनि यो कानूनले नामेट बनाउने अमेरिकालगायत पश्चिमा राष्ट्रहरुले आरोप लगाइरहेका छन् । तर चिनियाँ नेतृत्व भने त्यो स्वीकार्न तयार छैन ।

यस कानूनले चीनलाई हङकङभित्र आफ्नो सुरक्षा अंग गठनका लागि अनुमति दिनेछ । यस प्रावधानले हङकङको स्वायत्तता छिन्ने भन्दै प्रजातन्त्र र नागरिकअधिकार पक्षधरहरुले हङकङमा लगातार प्रदर्शन गर्दै आएका छन् ।

गत वर्ष लामो समय प्रदर्शनमा उत्रिएपछि हङकङस्थित चिनियाँ समर्थित प्रशासकले उक्त विधेयक फिर्ता लिएका थिए । हङकङ प्रशासनको यस कदमविरुद्ध त्यहाँ प्रदर्शनहरु भएपनि यस पटक चिनियाँ इच्छा बमोजिमको कानून बन्ने बाटो खुलेको हो ।

अन्तिम पटक अपडेट गरिएको : May 30th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु