नेपाल-भारत सीमामा मृ’त्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट यस्तो आयो

 

धनुषाको जटहीस्थित नेपाल-भारत सीमामा मृ’त्यु भएका धनुषाका ३० वर्षीय युवा वीरेन्द्र यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृ’तक यादवको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो ।

पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको निरौलाले न्यूज २४ लाई जानकारी दिनुभयाे ।

गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृ’त्यु भएको थियो ।

भोक र ज्वरोका कारण समयमा नै अस्पताल नलग्दा उनको सीमानाका जटहीको सडकमा नै मृ’त्यु भएको थियो ।

मृतकको श’व परिवारजनलाई जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयाे ।

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु