सीमामा अलपत्र भारतीय मजदूर भन्छन्, ‘भारतले भन्दा नेपाल सरकारले हामीलाई ध्यान दिएको छ’

 

पछिल्लो समय धनुषाको दक्षिणवर्ती क्षेत्र जटही नाका बन्द गरिएपछि यतिबेला भारत जाने सयौँ मजदूरहरु बिचल्लीमा परेका छन् ।

गत बुधवार सीमा नाकामा धनुषाका एक युवकको ज्यान गएपछि बिहीवार जिल्ला प्रसाशन कार्यालय धनुषाले धनुषाको जटही र खजूरी नाका बन्द गरिएको सूचना जारी गरेका छन् ।

नेपालको विभिन्न स्थानमा मजदूरी गर्दै आएका भारतीय नागरिकहरु आफ्नो देश फर्किन भनेर ससना वालबालिकासहित सपरिवार धनुषाको जटही नाकामा पुगेका छन् तर नाका बाट भारतीय सीमा सुरक्षा बलले फर्काइ दिएका छन् ।

जटहि नाकामा पीडा खेपीरहेका भारतीय नागरिक भारत सरकारसँग क्रुद्ध भएका छन । आफूहरु भारतीय नागरिक भएपनि भारत सरकार भन्दा बढी नेपाल सरकारले ध्यान दिएको उनीहरू बताउछन् ।

नेपालको इंटा भट्टामा कार्यरत सयौं मजदूरलाई सीमानामा खटीएका भारतीय सीमा सुरक्षा बलले हातपात गाली गलौज गर्दै राति गलत व्यवहार देखाएकाे मजदूरहरुले न्यूज २४ लाई आफ्नो गुनाशो सुनाएका छन् ।

भारतको बिहार राज्य दरभंगा जिल्लाका झन्डै दुइर्सय बढ़ी मजदूर आ-आफ्नो परिवारसहित बोर्डरमा नेपाली भूमिमा शरण लिएका छन् ।

भोजन र पानीको व्यवस्था नेपालीहरुले गरि दिएको भएपनि राति बस्ने स्थान नरहेकोले मजदूर चिन्तामा परेका छन् । भारतीय मजदूरलाई मौसम प्रतिकूल हुँदा पानी परे हामी कहाँ जाने र रात काट्ने चिन्ताले यतिबेला सताएको छ ।

बिहीवार राति नै नाकामा आईपुगेका मजदूरहरु आफ्नो देश जान खोजेको छ, तर कसरी जाने त्यो जवाफ दिने काेही छैन ।

धनुषा जिल्ला प्रशाशन कार्यालयले यसअघि नै जटही र खजूरी नाका बन्द गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले भने- ‘धनुषा आउन अब महोतरीको भिट्ठामोड र सिरहाको माडर नाका प्रयोग गर्न पाउने छन् ।’

नेपालबाट भारत जानेको हकमा पनि धनुषाको बोर्डर भन्दा महोत्तरी र सिरहा बोर्डर प्रयोग गर्न सकिन्छ भन्दै पोखरेलले भने ‘भारतीय पक्षले जान दिने वा न दिने त्यो म भन्न सक्दिँन तर भारतबाट नेपाल धनुषा आउनेको हकमा भिट्ठामोड र माडर नाका नै प्रयोग गर्दा हुन्छ ।’

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु