भारतीयहरुले नेपालीहरुसंग मीठो भाषा प्रयोग गर्नुपर्छ : सुब्रमन्युम स्वामी

 

नेपाल – भारतको सीमा विवाद चलिरहेको समयमा नेपाल बारे भारतमा विभिन्न टिका टिप्पणीहरु हुन थालेको छ ।

भारतमा केहीले नेपाललाई समर्थन गरिरहेका छन् त कहिले विरोध जनाइरहेका छन् । यसै क्रममा भारतको राज्य सभाका सांसद तथा भारतीय जनता पार्टी राष्ट्रिय कार्यपालिका सदस्य सुब्रमन्युम स्वामीले पनि सामाजिक सञ्जालमार्फत नेपाल भारत सीमाबारे मुख खोलका छन् ।

सुब्रमन्युम स्वामीले सामाजिक सञ्जाल ट्वीटरमा नेपाल भारतबारेको पछिल्लो अवस्थालाई लिएर भनेका छन्, “ प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मन्त्रालयका कूटनीतिज्ञहरूलाई नेपाली समकक्षीहरूसँग मीठो भाषा प्रयोग गर्न लगाउनु पर्छ ।” त्यस्तै उनले अगाडि थपे “नेपाली हाम्रो रगतको नाताको कान्छो भाई हुन् । यदि नेपालीहरू एक्लो महसुस गर्छन भने हामीले यसलाई चिन्न र उनीहरूको भावनालाई शान्त पार्नु पर्छ ।”

तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको पालामा दुई पटक भारतका मन्त्री बनेका सुब्रमन्युम जनता पार्टीका अध्यक्ष पनि रहिसकेका छन् । पछिल्लो वर्ष, भारतले आफ्नो नयाँ नक्सामा नेपालको भू – भाग कालापानीलाई समावेश गरेपछि नेपाल र भारतबीच तनाव उत्पन्न हुँदै गएको छ ।

भारतले फेरि नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने तवाघाट–लिपुलेक सडक निर्माण सकेर उद्घाटन गरेपछि दुई छिमेकी मुलुकबीच झनै तनावको अवस्था सिर्जना भएको हो ।

भारतले लगातार नेपालको भूमिलाई आफ्नो बनाउँदै गएपछि नेपालले पनि भर्खरै आफ्नो भू भाग लिम्पियाधुरा, लिपुलेख र कलापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । नेपालको नयाँ नक्सापछि भारतमा पनि यसको विषयलाई लिएर विभिन्न बहसहरु भइरहेको छ ।

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु