चीनले बन्द गर्यो भारतबाट सुँगुर र बँदेल आयात

 

विश्वमै सबै भन्दा धेरै सुँगुरको उपभोग गर्ने राष्ट्र नै चीन हो । यसैबीच चीनले अफ्रिकन स्वाइन फिभर नियन्त्रणका लागि भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध लगाएको छ ।

चीनको सामान्य प्रशासन र कृषि मन्त्रालयले भारतको आसामका घरेलु सुँगुर र बँदेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसरी भारतीय सुँगुर र बँदेल आयातमा चीनले प्रतिबन्ध लगाएसँगै भारतमा यसको प्रभाव देखिने प्रष्ट छ ।

तर, के–कति प्रभाव पार्छ भन्ने विवरण भने यकिन भइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको यस निर्णयलाई भारत–चीन सीमाको पछिल्ला विवादसँग जोडेर हेरिएको छ ।

त्यसोत, गत वर्ष मात्रै चीनमा घातक रोगका कारण ठूलोमा संख्यामा सुँगुरहरु मरेका थिए ।

सोही उत्पादनलाई पुनस्र्थापना गर्नका लागि चीनले यस्तो निर्णय गरेको पनि आँकलन गरिएको छ ।

एएसएफका कारण गत वर्ष चीनमा सुँगुरको मासु उत्पादनमा निकै कमी आएको थियो ।

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु