दु’र्घ’ट’नाग्रस्त पाकिस्तानी जहाजको अवशेषमा भेटियो यति धेरै रकम सबै अचम्मित

 

केही दिनअघि पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दु’र्घ’ट’ना’मा परेको पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलायन्सको जहाजको अवेशषमा ४ करोड ८० लाख रुपैयाँ फेला परेको छ।

अनुसन्धान तथा उद्धारकर्ताहरूले बिहीबार उक्त परिणामको विभिन्न देशको मुद्रा फेला पारेका हुन्। उक्त रकम दुइटा लगेजमा भेटिएको हो।

‘विमानस्थलको सुरक्षा र ब्यागेज स्क्यानरहरूलाई छलेर कसरी यत्रो रकम जहाजसम्म पुग्यो भन्ने अनुसन्धान गर्न आदेश दिइसकेको छ,’ एक पाकिस्तानी अधिकारीले भनेका छन्।

उक्त जहाजमा पाकिस्तानका केही बैंकरहरू पनि सवार थिए।

गत शुक्रबार लाहोरबाट कराची जादैँ गरेको पिके-८३०३ नम्बरको विमान बस्तीमै खसेको थियो। त्यस दु’र्घ’ट’ना’मा चालक दलसहित ९७ जनाले ज्यान गुमाएका थिए भने दुई जना बाँच्न सफल भएका थिए।

बिहीबार पाकिस्तान सरकारले ४७ जनाको पहिचान भइसकेको समेत जानकारी दिएको छ। जसमध्ये ४३को श’व अन्त्येष्टिका लागि दिइसकेको बताए।

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु