जाजरकोटमा क्वारेन्टाइन बनाउन लागिएको विद्यालय भवन नै स्थानीयले भत्काए

 

कोरोना भाइरस कोभिड १९ को आतंकका कारण भारत लगायतका मुलुकबाट नेपालीहरु आफ्नो घर फर्किन थालेका छन् ।

गाउँ फर्किएका उनीहरुलाई क्वारेन्टाइनमा राख्न अवरोध पु¥याउनेहरु पनि उत्तिकै छन् ।

रौतहटमा त प्रहरीले हवाइ फायर नै गर्नुप¥यो । भारतबाट आएका नेपालीलाई बस्नका लागि कर्णाली प्रदेशको जाजरकोटमा क्वारेन्टाइन बनाइदै थियो ।

संक्रमण सर्ने त्रासमा रहेका स्थानीयले क्वारेन्टाइन बनाउन लागिएको भवन नै भत्काइदिएका छन् ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ६ मा रहेको यो कृष्ण प्राथमिक विद्यालय छाना र बार नै भत्काइयो ।

भत्काउने शिक्षक सहित स्थानीय थिए । लक्ष्मी माध्यामिक विद्यालय भेरीमा कार्यरत जयवहादुर शाही सहित केही व्यक्ति पुगेरै कृष्ण प्राविको छाना नै भत्काइदिए ।

कारण थियो, भारतबाट आएका आफ्नै दाजुभाइलाई राख्नका लागि क्वारेन्टाइन विद्यालय भवनमा बनाउन लागिएको थियो ।

कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णय अनुसार भारत लगायतका मुलुकवाट स्थानीय सरकारको पहलमा उद्धार गरी ल्याइएकाहरुलाई विद्यालयमा क्वारेन्टाइन बनाउन तयारी हुँदै थियो ।

भारतबाट आएकालाई नजिक राख्दा कोरोना संक्रमण गाँउमा फैलने स्थानीयको चिन्ता थियो ।

शिक्षककै नेतृत्वमा आएका मानिसहरुले कुटा, गैती, आसी जस्ता हतियार लिएर विद्यालयको भवन नै भत्काए ।

विद्यालय भवन भत्किएपछि आफुहरुलाइ भारतवाट आएकाहरुलाइ व्यवस्थापन गर्न समस्या परेको स्थानीयपालिकाले गुनासो गरेको छ ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउनेलाई कारवाही गर्ने दृढता व्यक्त गर्नु भएको छ ।

स्थानीयसँग समन्वय गरेर क्वारेन्टाइन निर्माण गर्न नागरिक समाजले स्थानीयपालिकालाई सुझाव दिएका छन् ।

कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टाइन बनाउन भइरहेका प्रयासलाई स्थानीयले साथ दिनुपर्छ ।

नकि भत्काउने वा विदेशबाट फर्किएका नेपालीलाई शत्रुको व्यवहार गर्न पटक्कै मानवीयताले दिंदैन । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु