सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

 

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ ।

सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समिति बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले अन्तर्राष्ट्रिय कानून र मूल्य मान्यता विपरित सीमा क्षेत्रको दशगजा रहेका बस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न निर्देशन दिएको छ ।

त्यसैगरि बैठकले सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले सीमामा बोर्डर आउटपोस्ट (बीओपी) त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार निर्माणका लागि आवश्यक साधन स्रोत थप्न समेत सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु