क्वारेन्टिनमा बसेका एक जनाले गरे आ’त्मा’ह’त्या

 

गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आ’त्म’ह’त्या गरेका छन् ।

छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आ’त्म’ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आ’त्मा’ह’त्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए ।

खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।

श’व’लाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको एसपी खड्काले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : May 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु