सरकारले आफ्नो विरोध रोक्न फण्डाका रुपमा पूर्ण नक्सा समावेश गर्ने प्रस्ताव ल्यायो : प्रदिप गिरी

 

सरकारले संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नेपालको पूर्ण नक्सा समावेश गर्ने गरी संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव पेश गरेको छ ।

संविधान संशोधन विधेयकका रुपमा प्रस्तुत प्रस्तावको पक्षमा दलहरुलाई सहमति जुटाउन भन्दै केही दिन अघि संसदले कार्यसूचीमा राखेर पनि हटाएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिसम्मका लागि पर्खन गरेको आग्रह मानेको दाबी ग¥यो ।

तर, कांग्रेसका नेताहरुले सरकारलाई अनावश्यक आरोप लगाएको टिप्पणी गरे ।

शनिबार दिउँसो एकबजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकले आफ्ना सांसदहरुलाई पूर्ण नक्सा समावेश गर्ने प्रस्तावको पक्षमा लाग्न निर्देशन दिएको छ ।

तर, बैठकमा केही फरकमत भने आएका छन् । कांग्रेस स्रोतका अनुसार प्रदीप गिरीले संशोधनको विपक्षमा आफूलाई उभ्याउनुभएको छ ।

स्रोत भन्छ, ‘केन्द्रीय सदस्य प्रदीप गिरीले विमति राख्नुभएको छ । उहाँले यो प्रस्ताव सरकारले आफ्नो विरोध रोक्न फण्डाका रुपमा ल्याएको हो ।

यो पास गर्दा कांग्रेसलाई होइन, सरकारलाई फाइदा पुग्छ । तर, विपक्षमा उभिएका कांग्रेसलाई कुनै घाटा हुँदैन ।

त्यसैले पूर्ण नक्सा अनुसूची ३ मा समावेश गर्ने खालको सरकारको संशोधन प्रस्तावमा कांग्रेस सहमत हुनुहुँदैन ।’

स्रोत थप्छ, ‘गिरीले कुटनीतिक र वार्ताका माध्यामबाट नै भारतसँग ‘डील’ गर्नुपर्छ । यसले मात्र फाइदा पुग्छ । अन्यथा सरकारका लागि प्रचारको ‘स्टण्ड’ मात्र हुन्छ ।’

स्पष्ट शव्दमा गिरीले कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारको संविधान संशोधनको प्रस्तावमा विमति राख्नुभएको थियो ।

यसबाहेक केन्द्रीय सदस्यहरु रामकृष्ण यादव, चित्रलेखा यादव, फर्मुला मन्सुर, देवेन्द्रराज कँडेल सहित केहीले मधेस केन्द्रित दलहरुले उठाएका संविधान संशोधनका प्रस्तावलाई समेत एकमुष्ठ रुपमा लैजान पार्टी नेतृत्वलाई सुझाएका थिए ।

बाँकी अन्य केन्द्रीय सदस्यहरुले विनाशर्त नेपालको पूर्ण नक्सा समावेश गर्ने संविधानको अनुसूची ३ संशोधन गर्न कांग्रेस तयार हुनुपर्ने तर्क गरेका थिए ।

प्रकाशित भएको : May 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु