कालीमाटी वृत्तका सबै प्र’ह’री’को कोरोना यस्तो आयो कोरोना रिपोर्ट

 

महानगरीय प्र’ह’री वृत्त कालिमाटी र त्यसमातहत सबै प्र’ह’रीको कोरोनाभाइरसको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

जेठ ६ गते दुई प्र’ह’री’मा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्र’ह’री कार्यालय सिल गरिएको थियो।

आइतबार त्यहाँभित्र रहेका सबै प्र’ह’री अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि काम सुचारू भएको वृत्तका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए।

‘दुई जनामा संक्रमण देखिएपछि २३० भन्दा बढीको परीक्षण गराएका थियौं,’ डिएसपी कुँवरले भने,’सबैको रिपोर्ट नेगेटिभ आएको छ।’

कार्यालयका संक्रमित प्र’ह’रीहरू पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

उनीहरू डिस्चार्ज भए पनि तत्काल काममा नफर्किने उनले बताए। ‘उहाँहरू ७ दिन होम क्वारेन्टिनमा बसेपछि काममा फर्किनु हुन्छ।’

प्रकाशित भएको : May 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु