सागका खेलाडी पनि अब सीमानाकाको सुरक्षा खटिने

 

सशस्त्र प्रहरीले नेपाल भारत सीमानाकाको सुरक्षामा थप कडाइका लागि दुई सय जनालाई तत्काल तराईका जिल्लामा पठाउने भएको छ ।

जसमा दक्षिण एशियाली खेलकुद सागमा समावेश भएका एक सय खेलाडीलाई पनि पठाइने भएको छ ।

सशस्त्रले केन्द्रबाट नै खेलाडीसँगै अन्य करिव दुई जनाको टोलीलाई प्रदेश २ का विभिन्न जिल्लामा खटाउने जनाएको छ ।

एपीएफबाट अहिले २५० जना खेलाडीहरु उपत्यकाका विभिन्न युनिटमा परिचालन भएको र ५०–६० जना पदक विजेता खेलाडीहरुलाई भने एपीएफ क्लबमै राखिएको छ ।

आवश्यक परेमा ती पदक विजेता खेलाडीहरुलाई पनि परिचालन गर्ने एपीएफले जनाएको छ ।

प्रकाशित भएको : May 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु