६० बर्षपछि संसारले देख्यो यो अनौठो र दुर्लभ दृश्य [५ तस्वीर]

 

काठमाडौं । विश्वभर कोरोना भाइरसको डर फैलिएपछि अहिले विश्व लकडाउनमा छ । यो बीचमा मान्छेहरुले कहिल्लै देख्न नपाएका दृश्यहरुको अवलोकन पनि गर्न पाएका छन् ।

पछिल्लो पुस्ताले नदेखेको प्राकृतिक सौन्दर्यता देख्न पाइएको छ । आफ्नो घरबाट नदेखिएको हिमाल अहिले दशकौंपछि देखिएको छ । समुन्द्रमा वर्षौपछि ह्वेल माछा वा डल्फिन देखिएको छ ।

विश्वव्यापी कोरोना भाइरसलाई ध्यानमा राख्दै, सावधानीपूर्वक लकडाउनको रूपमा, सामाजिक सञ्जालमा अहिले प्रकृतिको एकपछि अर्को अद्भुत दृश्यहरू देखिएका छन् ।

यस्तै एक आश्चर्यजनक दृश्य मेक्सिकोबाट आएको छ, जहाँ पहिलोपटक अकापुल्कोको समुद्री किनारबाट समुद्री छालहरूसँगै नीलो बत्ती बाहिर निस्किएर आएको देखियो ।

एक मिडिया रिपोर्ट अनुसार ६० बर्षमा पहिलो पटक, यो एक अनौंठो दृश्य देख्न पाइएको हो । यसको मुख्य कारण समुद्री पानीको प्रदूषण स्तर कम भएर हो ।

परिणामस्वरूप समुद्री छालहरूले रंगीन बत्तीहरू उत्सर्जन गरे । यो एक अद्वितीय वैज्ञानिक घटना हो । जसलाई बायोलोमिनेसेन्ट भनिन्छ ।

यसको अर्थ जीवको शरीरबाट प्रकाश निकाल्नु हो । भनिन्छ कि यो घटना गत सोमबारको हो, तर यसको तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

विज्ञहरूका अनुसार यस्ता घटनाहरू पानीमा सूक्ष्मजीवहरूको जैविक रसायनिक प्रतिक्रियाको कारण मात्र हुन्छन् ।

प्रकाशित भएको : May 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु