नुवाकोटमा पाटे बाघ बिरामी अवस्थामा भेटियाे !

 


नुवाकोट- विदुर नगरपालिका स्थित पिपलटारमा बिरामी अवस्थामा पाटे बाघ स्थानियहरुले भेटाएका छन्।
नुवाकाेट जिल्ला विदुर नगरपालिका वार्ड नं ५ काे सामुदायिक वनमा भेटिएकाे उक्त पाटे बाघ घाईते अवस्थामा स्थानियले देखेका थिए। तत्काल जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यलय विदुरमा खवर गरिएकाे र अहिले वन अधिकृतकाे टाेलि घटनास्थल आईपुगेकाे स्थानिय सामुदायिक वनका अध्यक्ष कुल प्रसाद न्याैपानेले वताए।
जिल्ला वन कार्यालयका वन अधिकृत सुदिप छत्कुल्लिले घाईते वाघलाई उपचारकाे लागि भेटनरि कार्यालय लैजाने तयारि गरिएकाे वताएका छन् ।

प्रकाशित भएको : January 28th, 2022

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु