8 months ago

जकार्ता : इन्डोनेसियामा १ सय वर्षकी एक महिला कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएकी छन् ।
कम्तिम नामकी ती महिला नै इन्डोनेसियामा कोरोनाभाइरसलाई जित्न सफल सबैभन्दा वृद्धा हुन् ।
अस्पतालमा एक महिनाको उपचारपछि यही साता उनलाई निको भएको हो । उनकै गृहक्षेत्र सुराबायास्थित अस्पतालमा उनको उपचार भएको हो ।
पूर्वी जाभा गभर्नर खफिफाह इन्दर परावान्साका अनुसार उनको अवस्था गम्भीर भए पनि बाँच्न सफल भइन् ।
उनको उपचारले अन्य वृद्धावस्थाका संक्रमितलाई पनि प्रेरणा मिल्ने गभर्नर खफिफाहले बताए ।
१९२० मा जन्मिएकी कम्तिमलाई कोरोनाको लक्षण देखिएपछि आफ्नै सहरको अस्पताल लगिएको थियो ।
इन्डोनेसियामा हालसम्म कोरोनाभाइरसका संक्रमितको संख्या २६ हजार भन्दा धेरै पुगेको छ । यस्तै १ हजार ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।
प्रकाशित भएको : June 1st, 2020
प्रतिकृया दिनुहोस्