दैलेखमा तनाव : भारतबाट आएका क्वारेन्टिनबाटै भागे

 

दैलेख सदरमुकामस्थित एक क्वारेन्टिनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् ।

१०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् ।

दुई दिनअघि पुष्टि भएका १७ जना सोही क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ ।

यता प्रहरीले भने भाग्न खोज्नेलाई पुन: क्वारेन्टिनमै राखिएको बताएको छ ।

दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् ।

भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।

Buy Now

 

प्रकाशित भएको : June 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु