पोखरामा मृत्यु भएकाको कोरोना रिपोर्ट यस्तो आयो

 

भारतबाट आएर स्याङ्जामा क्वारेन्टाइनमा बसेका व्यक्तिको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको छ ।

मृत्युपछि उनको कोरोना भाइरस रोग कोभिड १९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई कोरोना भाइरस रोग नलागेको पुष्टि भएको छ ।

स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय खड्कबहादुर कार्कीको सोमबार बिहान मृत्यु भएको थियो । उनी भारतबाट आई क्वारेन्टिनमा बसी घर गएका थिए ।

क्वारेन्टाइनमा बसेर निस्कँदा लिइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा ल्याउँदा ल्याउँदै उनको निधन भएको थियो ।

प्रकाशित भएको : June 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु