चिनले डब्ल्युएचओ प्रकरणमा अमेरीकालाई यस्तो भन्यो , के आउला ट्रम्पको प्रतिक्रिया ?

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसंग सम्बन्ध कटौती गरेको घोषणाबारे चिनियाँ सरकारले टिप्पणी गरेको छ ।

चीनको विदेश मन्त्रालयले सोमबार भने, “संयुक्त राज्यको यो निर्णयले उनीहरूको शक्ति राजनीति र एकतर्फी सोचबारे थाहा पाउन सकिन्छ ।”

यसका साथै चीनले विश्व स्वास्थ्य संगठनलाई सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ। राष्ट्रपति ट्रम्पले शुक्रबार भने, अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध अन्त्य गरिरहेको छ किनभने यो अन्तर्राष्ट्रिय एजेन्सी कोरोना भाइरस महामारी रोक्न असफल भएको छ ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको निर्णयको वर्णन गर्दै भने, “अमेरिकाको भाग्ने बानी छ ।”

राष्ट्रपति ट्रम्पले शुक्रबार भनेका थिए, “अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध अन्त्य गरिरहेको छ किनभने यो अन्तर्राष्ट्रिय एजेन्सी कोरोना भाइरस महामारी रोक्न असफल भएको छ।”

डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनमा चीनको पूर्ण नियन्त्रण रहेको आरोप लगाउँदै आएको थियो ।

प्रकाशित भएको : June 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु