
चीनको कमान एकपटक पुनः शी जिनपिंगको हातमा आएको छ । शी जिनपिंगको नाम संसारका शक्तिशाली नेतामा समावेश छ । आफ्नै देशमा पनि शी जिनपिंगको कद कम्युनिष्ट पार्टीका पहिलो नेता माओत्से तुंग जत्तिकै भएको छ ।
यी सबै चर्चा परिचर्चा बिच आज हामी तपाईंलाई चीनबारे ती १३ तथ्यबारे जानकारी दिँदै छौं जुन सायद तपाईंलाई थाहा नहोला ।
१. अमेरिकाले सय वर्षमा जति सिमेन्टको प्रयोग गरेको छ त्योभन्दा धेरै चीनले सन् २०११ देखि २०१३ बिच प्रयोग गर्यो । चीनले यी तीन वर्षमा ६ हजार ६ सय १५ टन सिमेन्टको प्रयोग गर्यो ।
२. २००० इसा पूर्वको वरिपरि आइसक्रिमको खोज सबैभन्दा पहिले चीनमा भएको थियो । पहिलो आइसक्रिम दुध र चामल मिसाएर बनाइएको थियो ।
३. यति विशाल भूभाग हुँदासमेत चीन एउटै टाइम जोनमा छ ।
४. चीनमा बढ्दो वायुप्रदुषणका कारण त्यहाँ शुद्ध हावालाई क्यानमा बेचिन्छ । शुद्ध हावा पाँच युआन प्रति क्यानमा बिक्रि हुन्छ । हावाको एउटा किसिम छ ‘तिब्बतको शुद्ध हावा’, दोसो किसिम – क्रान्तिकारी याहयान र तेस्रो पोष्ट–इन्डस्ट्रियल ताइवान ।
५. केचप पनि मूल रुपमा चीनको नै हो र यस्तै गरी मसालेदार माछाको सस पनि चीनकै आविष्कार हो ।
६. फुटबल खेलका लागि पनि चीनलाई नै श्रेय दिइन्छ । फिफाका आठौं अध्यक्ष सेप बल्टरले पनि फुटबलका लागि चीनलाई नै श्रेय दिएका थिए । चीनको फुटबलको खोज दोस्रो वा तेस्रो शताब्दीमा भएको बताइन्छ ।
७. चीन आधिकारीक रुपमा नास्तिक देश हो तर यहाँ इटालीको भन्दा धेरै इसाईउ धर्मावलम्बी छन् । चीनमा करिब ५.४ करोडले इसाइ धर्म मान्छन् भने इटालीमा ४.७ करोड उक्त धर्मका अनुयायी छन् । चीन चाँडै नै संसारको सबैभन्दा ठूलो इसाई देश बन्ने अनुमान गरिएको छ ।
८. चीनियाँ नागरिक कुकुरको मासु पनि खान्छन् । तर केही वर्षयता यसमा कमी आएको छ । अब मानिसहरु कुकुर र बिरालोलाई घरमा पाल्ने गर्दछन् । यद्यपी, त्यहाँ सर्पको मासु निकै रुचाइन्छ ।
९. चीनमा हरेक दिन औसतमा १७ लाख सुँगुर खपत हुन्छ । यहाँ सुँगुरको मासु सबैभन्दा बढि रुचाइन्छ । यद्यपी, कम कमाई भएका मानिसहरुले सुँगुरको मासु सजिलै खरिद गर्न सक्दैनन् ।
१०. हंगकंगका चीनियाँ एक दिन छुट्टी लिएर आफ्ना पूर्वजहरुको चिहान सफा गर्न चीन जान्छन् ।
११. पारम्परिक रुपमा चीनियाँ महिला रातो रंगको लुगामा विवाह गर्दछन् । रातो रंगलाई चीनमा भाग्यशाली रंग मानिन्छ जबकी सेतो रङलाई मृत्युको प्रतिकको रुपमा लिइन्छ ।
१२. संसारका हरेक पाँचौं व्यक्ति चीनियाँ हुन् ।
१३. सन् १९७८ मा चीनियाँ कम्युनिष्ट पार्टीले पुँजीवाद बजार सिद्धान्त पेश गरे । जब सन् १९८० को दशकमा चीनले आफ्नो बजार खोल्यो तब उक्त देश संसारको सबैभन्दा ठूलो उत्पादक बन्यो । चीनको अर्थव्यवस्था पछिल्लो तीन दशकदेखि औसत १० प्रतिशतको दरमा बढिरहेको छ ।
प्रतिकृया दिनुहोस्