लकडाउनको कारण सडकमा सुतिरहेका छन् सिंहहरू

 

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरू लकडाउनको फाइदा लिँदै सडकमा मस्त सुतिरहेका छन् ।

नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखेपछि केही तस्बिरहरू खिचेका हुन् ।

निकुञ्जका सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुन्थ्यो । तर, लकडाउनका कारण २५ मार्चदेखि क्रुगर निकुञ्जसमेत बन्द छ ।

रिचार्ड अत्यावश्यक सेवाका लागि लकडाउनमा समेत काम गरिरहेका छन् ।


वन्यजन्तुको अवस्था जाँच गर्ने र तिनलाई गैरकानुनी सिकारीहरूबाट बचाउने जस्ता काम गरिरहेका छन् ।

सडकमै सिंह सुतेको दृश्य सामान्य अवस्थामा रिचार्डले रातको समयमा मात्र देख्ने गरेको पाउने बताए ।

रिचार्डले जाडोका बेला रातमा सडकको कालोपत्रे पीचको तातो हुनले उनीहरू लोभिएर आउने गरेको बताए ।

सिंहहरूले अहिलेजस्तै सधै शान्त हुने सोचेर कतै सडकलाई नै सुरक्षित ठाउँ नठानुन् भन्ने उनले चिन्ता ब्यक्त गरेका छन् ।

फोटो खिचिएको अघिल्लो दिन राति पानी परेको हुँदा सिंहहरू बस्ने घाँस चिसो भएको थियो ।

सिंह चिसो ठाउँमा बस्न मन पराउँदैनन् । त्यसबेला सडक घाँस भएको ठाउँमा भन्दा बढी सुख्खा भएको कारणए सिंहहरू सडकमा मस्त सुतिरहेका थिए ।

एजेन्सी

प्रकाशित भएको : June 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु