उडानको तयारीमा लाग्यो बुध्द एयर, भाडा घट्यो भयो यति सस्तो (भाडादर हेर्नुहोेस)

 

हवाइ इन्धनको मूल्य घट्नुका साथै सरकारले बजेटमार्फत अतिरिक्त कर पनि १० हटाइएपछि बुध्द एयरले सोही अनुसार फ्यूल चार्ज घटाएको छ ।

जसअनुसार हवाई दुरी अनुसार नेपाली यात्रुको हकमा अधिकतममा रु ११०५ देखि न्यूनतममा रु २२५ सम्म भाडा घटेको बुद्ध एयरले जनाएको छ ।

बुध्द एयरले लकडाउनपछि उडानका लागि व्यापक तयारी गरिरहेको जनाएको छ । लकडाउनमा केही जहाज उडेता पनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणहरु गरि नै रहेको एयरलाइन्सले जनाएको छ ।

कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको गाईडलाइन अनुसार ‘सुरक्षा निर्देशिका’ पनि ल्याईसकेको एयरलाइन्सले जनाएको छ ।

सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने विस्तृतमा उल्लेख रहेको छ ।

सुरक्षा निर्देशिका अनुसार आफ्ना कर्मचारीहरुलाई आउने सातादेखि तालिम प्रदान गर्ने बुध्द एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरि आउने साताको अन्त्यसम्म सोही अनुसार अभ्यास गर्ने पनि जनाएको छ । यस अभ्यासले यात्रु तथा कर्मचारीको सुरक्षामा विशेष भूमिका खेल्ने उसको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ भाडादर

प्रकाशित भएको : June 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु