प्रेममा धोका पाएपछि अभिनेत्री चन्दनाले जीवन त्यागिन्

 

काठमाडौ । चर्चित टेलिभिजन एङ्कर चन्दना गोडाले जीवनत्याग गरेकी छिन् । २९ वर्षीया नायिका चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा जीवनत्याग गरेकी हुन् ।

जानकारी अनुसार प्रेमीबाट धोका पाएपछि चन्दनाले जीवनत्याग गरेकी हुन् । जीवनत्याग गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी थिइन् ।

जीवनत्याग गर्नुअघि उनले सो भिडियो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएको खुल्न आएको छ । चन्दनाको भिडियो पाएलगत्तै परिवारले नायिकाका छिमेकीलाई जानकारी दिएर यथार्थ बुझ्न भन्यो ।

चन्दनालाई छिमेकीले अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

समाचारअनुसार चन्दना दिनेश नामका एक युवकसँग केही वर्षदेखि सम्बन्धमा थिइन् । प्रेमीसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेका थिए ।

प्रेमीको व्यवहारले उनी तनावमा थिइन् । जीवनत्याग गर्नुअघिको उनको भिडियोमा नायिका चन्दनाले दिनेशको अर्की महिलासँग पनि अफेयर भएको बताएकी छन् ।

दिनेशले दिएको धोका सहन नसकेर आफूले ज्यान दिएको भिडियोमा देख्न सकिन्छ् । भिडियोमा दिनेशले भनेको भन्दै उनले भनेकी छिन, ‘यदी म मरे भने तिम्रो लागि राम्रो हुनेछ ।

त्यसैले म बाँच्न चाहन्न् । मेरो मृत्युको कारण तिमी हौं दिनेश’ चन्दनाको जीवनत्यागपछि उनका प्रेमी फरार रहेका छन् ।

प्रकाशित भएको : June 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु